News खेल

सरस्वतीविरुद्धको खेलमो एपीएफको सहज जित

सरस्वतीविरुद्धको खेलमो एपीएफको सहज जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) ले सहज जित हात पारेको छ ।

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एपीएफ क्लबले सरस्वती युथ क्लबलाई ३-० गोलअन्तरले पराजित गरेको हो । एपीएफको जितमा रुपबहादुर लामाले दुई गोल र युवराज खड्काले एक गोल गरे ।


खेलको १७ औं मिनेटमा नै रुपबहादुरले गोल गर्दै एपीएफ क्बललाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा युवराजले गोल गर्दै एपीएपmको अग्रता दोब्बर बनाए । 
खेलको ८८ औं मिनेटमा रुपबहादुरले नै व्यक्तिगत दोस्रो गोल गर्दै समग्रमा एपीएफलाई ३-० गोलको जित दिलाए ।

 

जितसँगै एपीएफ क्लब लिगको सातौं स्थानमा उक्लिएको छ । सात खेल खेलेको एपीएफले १० अंक बनाएको छ । पराजित सरस्वती युथ क्लबको भने सात खेलबाट ६ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ । मनाङको ६ खेलबाट १८ अंक रहेको छ । 

विशेष