News रोजगार

समायोजनमा जान १५ हजार कर्मचारीले दिए आवेदन

समायोजनमा जान १५ हजार कर्मचारीले दिए आवेदन

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रड यसनियन र अन्य संगठनले आफ्ना सम्पूर्ण माग पूरा नभएको भन्दै कर्मचारी अध्यादेशको विरोध गरिरहे पनि सोमबारसम्म देशभरबाट १४ हजार आठ सय ४० जनाले समायोजनामा जान फाराम भरेका छन् ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले संघ, प्रदेश र स्थानीय तहको निजामती कर्मचारीले फाराम भरिरहेकाले समायोजनको माहोल बन्दै गएको बताएका छन् । सरकारले बुधबार समायोजनमा जान २१ दिने सूचना जारी गरेको थियो ।

 

कर्मचरी समायोजनसम्बन्धी अध्यादेशमा समायोजनसम्बन्धी अध्यादेशमा समायोजन भएको २१ दिनभित्र खटाएको स्थानमा हाजिर नहुनेलाई स्पष्टीकरण लिनेछ । त्यसबाट चित्त नबुझे बर्खास्त गर्न सकिने व्यवस्था छ । अध्यादेशले निजामती कर्मचारीको वृत्ति विकास रोकेको भन्दै ट्रेड युनियनहरूले सच्याउन दबाब दिएपछि सरकारले संघीय निजामती सेवा ऐनमार्फत् वृत्ति विकास खुला गर्ने आश्वासन दिएको छ।

 

ट्रेडयुनियनका पदाधिकारीले प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीको संघसम्मै सरुवा र बढुवा खुला गर्ने व्यवस्था लिखित रूपमै हुनुपर्ने माग राखेका छन्। यो खबर आजको कान्तिपुरबाट लिइएको हो ।

कर्मचारी समायोजन

विशेष