News राजनीति मुख्य समाचार

विवेकशील साझामा मुमारामले खाेजे जवाफ : 'नेतृत्वले प्रश्न मात्र गर्ने होइन, उत्तर दिने हो'

विवेकशील साझामा मुमारामले खाेजे जवाफ : 'नेतृत्वले प्रश्न मात्र गर्ने होइन, उत्तर दिने हो'

काठमाडौं । विवेकशील र साझा पार्टी एकीकरण भएको डेढ वर्षमै पार्टीभित्र किचलो सुरु भएको छ । पार्टीका दुई संयोजकमध्ये एक उज्ज्वल थापाले विवेकशील साझा गलत बाटोतर्फ गइरहेको भन्ने निष्कर्षसहितको प्रतिवेदन पेस गरेपछि पार्टीभित्र रहेको गम्भीर मतान्तर सतहमा आएको हो ।

 

थापाले 'विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको' निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको १८ पृष्ठ लामो प्रतिवेदनमा नेतृत्वमा रहेको मतान्तरका फेहरिस्त उल्लेख छन् । उनले राष्ट्रिय महाधिवेशन बोलाएर नयाँ नेतृत्व निर्वाचित गर्नु पर्ने संकेत गरेका छन् ।

 

उनले पार्टीको नेतृत्वप्रति चरम असन्तुष्टि व्यक्त गर्दे पठाएको प्रतिवेदनपछि सामाजिक सञ्जालमा पार्टी कार्यकर्ता तथा नेताले मिश्रित प्रतिक्रिया दिएका छन् । केही नेता कार्यकर्ताले चर्को आलोचन गर्दै उनको नेतृत्व क्षमतासमेत प्रश्न उठाएका छन् । त्यसैमध्येका एक हुन् मुमाराम खनाल । उनले संयोजक थापालाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् । उनले स्ट्याटसमा थापा आफैँ मुख्य नेतृत्वमा रहेर पूर्णतः निष्क्रिय र अकर्मण्य रहेको आरोप लगाएका छन् । उनले पार्टी थापाकै निष्कृयतामा बिग्रिएको पनि उल्लेख गरेका छन् ।

 

उनले आफ्नो स्ट्याटसमा भनेका छन्, 'कहिलेकाहीँ सोच्छु-जवाफदेहिता के हो ? आफैँ मुख्य नेतृत्वमा छ, आफैँ पूर्णतः निश्क्रिय छ र आफैँ पूर्णतः अकर्मण्य छ। आफैँ जवाफ दिनुपर्ने ठाउँमा छ तर उसैले प्रश्न मात्र सोध्छ। महिनौं अमेरिका बस्छ, महिनौं संपर्कविहीन हुन्छ र महिनौं 'मेडिटेशन'मा रहेको जवाफ आउँछ। र, प्रश्न गर्छ-पार्टी बिग्रियो। हो, यदि पार्टी बिग्रिएकै हो भने उसकै निश्क्रियताले हो। जवाफदेहिता चाहिदैंन ? नेतृत्व गर्ने हो भने जवाफदेही होउ। नेतृत्वले प्रश्न मात्र गर्ने होइन, उत्तर दिने हो।'

तर थापाले सोमबार अर्का संयोजक रवीन्द्र मिश्रविरुद्ध सदस्यहरूलाई पठाएको सातबुँदे प्रतिवेदनमा विवेकशील साझामा ठूला र वैचारिक विषयमा मात्र होइन, मसिना विषयमा पनि झगडा रहेको उल्लेख गरेका छन् । उनले एक लाख ६० हजार मासिक भाडा तिरिएको बखुन्डोलस्थित केन्द्रीय कार्यालय प्रयोगमै आउन नसकेको लेखेका छन् । उनले पार्टीभित्र सुनाउने वातावरण बनेको तर सुन्ने र सहभागी गराउने वातावरण नभएको समेत बताएका छन् ।

 

विवेकशील साझा उज्जल थापा मुमाराम खनाल

विशेष