विदेश

फिलिफिनी राष्ट्रपतिले भने, ‘घरमा काम गर्ने युवतीसँग सहवास गरेँ’

यही अभिव्यक्तिले राष्ट्रपतिको पद धरापमा

फिलिफिनी राष्ट्रपतिले भने, ‘घरमा काम गर्ने युवतीसँग सहवास गरेँ’

एजेन्सी : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्ते एकपटक फेरि विवादमा तानिएका छन् । हाल राष्ट्रपति डुटेर्तेको सनसनीपूर्ण खुलासापछि फिलिफिन्स तरंगित बनेको छ भने उनी संकटमा परेका छन् ।

 

उनी आफैंले आफूले एक कामदार महिलासँग यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । एउटा भाषणका क्रममा उनले आफू जवान रहेको बेला आफ्नै घरकी एक कामदारसँग यौन सम्बन्ध राखेको स्वीकार गरेका हुन् । उनी यसअघि पनि केही पटक यस्ता भाषणका कारण विवादमा आएका थिए, तर यसपटक उनी थप संकटमा परेका छन् । केही संगठनले उनको राजीनामा समेत मागेका छन् ।

 

फिलिपिन्स र मध्यपूर्वसहित एसियाली देशमा महिलाहरु घरेलु कामदारको रुपमा काम गर्छन् । फिलिपिन्समा मात्रै करिब १० लाख मानिसले घरेलु कामदारको रुपमा काम गर्छन् । यसैवर्षको सुरुमा एक प्रत्यक्ष कार्यक्रममा महिलालाई किस गरेपछि उनी विवादमा आएका थिए ।

रोड्रिगो डुटेर्ते

विशेष