रुसको एक भवनमा शक्तिशाली विष्फोट, ४ को मृत्यु, ४० बेपत्ता
एजेन्सी । रुसी शहर माग्नितोगोस्र्कस्थित एक भवनमा शक्तिशाली विष्फोट भएको छ । उरल प्रान्तमा रहेको भवनमा भएको विष्फोटमा परी मम्तीमा चार जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्।
विस्फोट स्थानीय समयानुसार ६ बजेर २ मिनेटमा जाँदा भएको थियो । ग्यासको चुहावटबाट विस्फोट भएको हुन सक्ने प्रान्तका अधिकारीहरूको भनाइ उद््धृत् गर्दै बिबिसीले उल्लेख गरेको छ ।
विस्फोटका कारण भवनको ४८ औं तल्ला पूर्ण रुपमा नष्ट भएको छ । यो भवनमा एक सय २० जना बसिरहेको बताइएको छ । भवनको भग्नावशेषबाट अहिलेसम्म १६ जनालाई निकालिएको छ जसमध्ये सातजना बालबालिका छन् । चार घाइतेलाई अस्पताल पुर्याइएको छ ।
पछिल्लो समाचार अनुसार अहिलेसम्म ४० जना बेपत्ता भएको भनिए पनि रुसी समाचार च्यानल वेस्तीले अधिकारीको हवाला दिँदै अहिलेसम्म भवनमा बस्ने ५० जनालाई बचाइएको जानकारी दिएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनास्थल पुगेर राहत र बचाउ कार्यको निरीक्षण गरेका छन् । निरीक्षणपछि भने, ‘आज डिसेम्बर ३१ तारिख हो । संसारभरी उत्सव मनाइँदैछ तर माग्नितोगोस्र्क शहरमा यो भयानक दुर्घटना भयो । मेरो समवेदना पीडित परिवारको साथमा छ र बचन दिन चाहन्छु कि हरसम्भव मद्दत गरिनेछ ।’
दुर्घटनामा बच्न सफल एक महिलाले भनिन्, ‘घरको छत खसिरहेको आवजले मेरो आँखा खुल्यो । आँखा खोल्दा देखेँ कि घरको एउटा भित्ता गायब छ र मैले आफ्नी आमा र छोराको आवाज सुनेँ जो थिचिएका थिए ।’
राहत तथा उद्दार कार्यमा समस्या निम्तिने अधिकारीले बताएका छन् । अधिकारहरूका अनुसार राहतकार्यमा समस्या निम्तिन सक्छ किनभने चिसो मौसममा मोग्नितोगोस्र्क शहरको तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म हुन्छ । रातिको तापक्रम न्यूनतम माइनस २९ डिग्री सेल्सियससम्म पुग्ने गर्छ ।
रसिया