News

प्रधानसेनापति र प्रदेश नं १ का प्रमुखसँग भेटवार्ता

प्रधानसेनापति र प्रदेश नं १ का प्रमुखसँग भेटवार्ता

पथरी । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङसँग भेटघाट गरेका छन् । प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले प्रदेश सरकारले सडक सञ्जालका लागी नेपाली सेनाको सहयोग माग गरेमा आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरे। 

 

प्रदेश प्रमुख तुम्बाहाङले प्रदेश न १ को पर्यटन, जलविद्युत्, युवा स्वरोजगार, प्राकृतिक प्रकोप, औद्योगीकरण, राष्ट्रिय सेवा दल र शान्ति सुरक्षामा नेपाली सेनाको भूमिका बारेमा जानकारी लिएको प्रदेश प्रमुखका प्रेस संयोजक शेखर रेग्मीले बताए ।  

प्रधानसेनापति पूर्णचन्द्र थापा प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ

विशेष