Technology विदेश

हुवाइ कम्पनीलाई किन लाग्दै विश्वभर प्रतिबन्ध ?

कुन कुन देशमा प्रतिबन्धित छ हुवावे ?

हुवाइ कम्पनीलाई किन लाग्दै विश्वभर प्रतिबन्ध ?

काठमाडौं । हुवाइ कम्पनी अहिले चर्चामा छ । क्यानडाका अधिकारीहरूले अमेरिकाको सुरक्षा निकायको आग्रहमा हुवाइकी आर्थिक मामिलासम्बन्धी प्रमुख एवं हुवाइकी उपाध्यक्ष मङ्ग वान्जूलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिए पछि झनै चर्चा चुलिएको छ । यद्यपि ढिला गरेर उसले यसबारेमा जानकारी दिएको थियो । यससँगै हुवाइ कम्पनीको विषय सतहमा आएको हो ।

 

हुवाइले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गरेको हुनसक्ने भन्दै उसमाथि छानबिन चलिरहेको छ । यदि यो आरोपका पुष्टि भएको खण्डमा मङ्गलाई ३० वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ । उनले छुट्टै कम्पनी स्थापना गरी इरानमा व्यापार विस्तार गरिरहेको पनि आरोप लगाइएको छ ।

 

जापानले पनि चिनियाँ कम्पनीहरू हुवाइ र जेटीईका उत्पादनहरुमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारी प्रयोगका दूरसञ्चार सामग्रीहरुमा हुवाइ तथा जेटीईको प्रयोगमा रोक लगाउने पक्षमा जापान रहेको हो ।

 

प्रतिबन्धको कारण

 

हुवाइमाथि प्रतिबन्धपछि जापानले साइबर आक्रमणको जोखिम रहेको बताएको छ । यद्यपि यो समाचारको अहिलेसम्म सरकारले भने पुष्टि गरेको छैन । जापानी सञ्चारमाध्यमहरुले बताएअनुसार साइबर आक्रमणको जोखिम चिनियाँ कम्पनीहरुको उत्पादनमा देखिएको कारण उक्त कम्पनीहरुमाथि प्रतिबन्धको तयारी गरिएको हो । अमेरिकाले चिनियाँ कम्पनीमाथि प्रतिबन्धकन लागि जापानसँग गरेको आग्रहअनुसार यो योजना आएको हो ।

 

त्यसो त, अमेरिकाकै आग्रहमा नै क्यानडामा हुवाइकी अधिकारी पक्राउ परेको भन्ने कुरामा दुई मत छैन । यस्तोमा अमेरिका जापानलाई पनि प्रयोग पार्दै हुवाइमाथि दबाब बढाउने पक्षमा रहेको छ । लामो समयदेखि नै हुवाइका उत्पादनहरुमा साइबर सुरक्षाको जोखिम रहेको भन्दै अमेरिकाले आलोचना गर्दै आइरहेको छ । यस्तोमा चीन र अमेरिकाको सम्बन्धमा केही सुधार भएको बताइरहँदा यस किसिमको घटना सार्वजनिक भएको हो ।

 

कुन कुन देशमा प्रतिबन्धित छ हुवाइ ?

 

हुवाइ कम्पनी पछिल्लो समय सुरक्षाको हिसाबमा जोखिम रहेको भन्दै विभिन्न मुलुकहरुमा कारबाही भोगिरहेको छ । यस्तैमा न्युजिल्याण्डले पनि हुवाइका ५जी सेवाको सामग्रीहरुको बिक्रीमा रोक लगाइसकेको छ ।

 

हुवाइलाई ५जी नेटवर्कका सामग्रीहरु बिक्रीमा रोक लगाउनेमा न्युजिल्याण्ड पहिलो मुलुक भने होइन । यसअघि अष्ट्रेलियाले पनि हुवाइमाथि रोक लगाउने निर्णय गरेको थियो । साथै क्यानडाले पनि हुवाइको सामग्रीहरुमा सुरक्षा जोखिमबारे अनुसन्धान अघि बढाउने निर्णय गरिसकेको छ ।

 

त्यसका साथै हुवाइमा रोक लगाउने अर्को मुलुक अमेरिका हो । महत्वपूर्ण कुरा के छ भने जुन मुलुकमा हुवाइमाथि प्रतिबन्धको तयारी गरिन्छ, सो मुलुकमा सुरक्षाको कारण पहिलो प्राथमिकतामा हुने गरेको छ । यसले पनि हुवाइका उत्पादनहरुमा केही न केही सुरक्षाको जोखिम पक्कै रहेको स्पष्ट हुन्छ ।

हुवाइ

विशेष