News समाज

महिलाको शिरमा ढलक्कै ढल्कियो ढाका टोपी, फोटो

महिलाको शिरमा ढलक्कै ढल्कियो ढाका टोपी, फोटो

काठमाडौं । आज राष्ट्रिय नेपाली टोपी दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर मंगलबार राष्ट्रिय नेपाली टोपी दिवस मनाउन लागिएको हो ।

 

'नेपाली टोपी : हाम्रो गौरव हाम्रो पहिचान' भन्ने नारासहित छैठौं नेपाली टोपी दिवस मनाइ भएको छ । राष्ट्रिय नेपाली टोपी दिवस नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि मनाउन थालिएको हो । संस्कृतविद्का अनुसार आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले उपहार दिएको भनाई छ ।

 

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

 

नेपाली टोपी दिवस

विशेष