विदेश

पेरिसकाे प्रसिद्ध आइफल टावर आइतबारसम्मका लागि बन्द

पेरिसकाे प्रसिद्ध आइफल टावर आइतबारसम्मका लागि बन्द

पेरिस । पेरिसस्थित प्रसिद्ध आइफल टावर आइतबारसम्मका लागि बन्द हुने भएको छ । भीषण हिमपातका कारण आइफल टावर गत मंगलबारदेखि बन्द रहेको थियो ।

 

चिप्लिन सक्ने जोखिम रहेको भन्दै अहिले आइफल टावर चढ्नु पर्यटकहरूका लागि खतरा भएको अधिकारीहरूले बताएका छन् । आइफल टावरमा बर्से्नि ६० लाख पर्यटकहरू पुग्ने गर्छन् ।

 

प्यारिस सीटी हलका अनुसार ‘सन् १९८७ यताकै अभूतपूर्व’ स्तरमा हिमपात भएको हो । उसले २४ घण्टाभित्र १२ सेन्टिमिटरसम्म हिमपात भएको जनाएको छ । आइफल टावरका प्लेटफर्म र र्भयाङ्गहरू हिउँले भरिएका छन्, जसका कारण पर्यटकहरूलाई आउजाउ गर्न कठिनाइ भएको छ।

 

आइफल टावर निर्माणमा प्रयोग गरिएका फलाममा क्षति पुग्न सक्ने र ‘लिफ्ट’को घिर्नीको कापमा फोहर बस्न सक्ने भएकोले उक्त टावरमा हिउँ पगाल्ने सामान्य तरिका अपनाउन नसकिने अधिकारीहरूले बताएका छन्।

 

ठूलो हिमपातका कारण अधिकारीहरूले सामान बोकेका सवारीसाधन गुडाउन रोक लगाएका छन् । भारी हिमपातले उत्तरी फ्रान्समा यो हप्ता ठूलो अवरोध सिर्जना गरेको छ ।

विशेष