मालदिभ्स: सानो देश तर बारम्बार राजनीतिक संकट
मोहिनी मिश्र रिसाल
काठमाडौं । क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थीरता रहेको मानिने मालदिभ्स्मा पाँच वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ । पहिले शान्तिपूर्ण मानिने यस राष्ट्रमा केही वर्षयता बारम्बार राजनीतिक विवादमा तानिने गरेको छ । पछिल्लो संकट गएको हप्तादेखि सुरु भएको छ । यस विवादले राज्यका दुई अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाकालाई एक आपसमा विवादमा तानिदिएको छ ।
यही फेब्रुअरी १ मा मालदिभ्सको सर्वोच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीहरुलाई रिहागर्न आदेश दियो । समस्या यहीँबाट सुरु भयो । उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने । तर राष्ट्रपति अब्दुल्लाह यामिन उनहरुलाई रिहागर्न नचाहने । अदालतको आदेश कार्यान्वयन गर्दा आफ्ना विरोधीहरुलाई रिहा गर्नुपर्ने भएपछि उनी त्यो निर्णयसँग डराए र अर्को बाटो राेजे । उनले रोजेको अर्को बाटोले नै त्यहाँ अहिले संकट निम्त्याएको छ ।
उनको त्यो अर्को बाटोले नै त्यहाँ सरकार र अदालतबीच विवाद उत्पन्न गराइदिएको छ । राष्ट्रपति यामिनले अदालतको ओदेश मान्नुको साटो प्रधानन्यायाधीश नै पक्राउ गर्न आदेश दिए । उनमा आफूमाथि संसद्मा महाभियोग लाग्नसक्ने त्रास जिवीतै थियो । किनभने उनले सर्वोच्च अदालतको आदेश नमानेपछि उनलाई महाभियोग लगाएर निकाल्न अदालतले आदेश गर्नसक्ने संभावना उनले देखे । त्यसैले उनले प्रधानन्यायाधीशलाई नै पक्राउ गर्ने आदेश दिए र सर्वोच्च अदालतलाई प्रहरीको घेरामा राखे ।
यतिगर्दा पनि महाभियोगको डरबाट उनी उम्किन नसकेपछि उनले विपक्षी दलका नेतालाई समेत पक्राउ गर्न आदेश दिए । एकजना विपक्षी नेता त उनका आफ्नै सौतेलो दाजु थिए मौमुन अब्दुल गैयुम । जो मालदिभ्स्को पूर्व राष्ट्रपति हुन् । जसले तीन दशकभन्दा लामो समयसम्म यहाँ शासन गरेका थिए । अहिले उन पनि राष्ट्रपति यामिनको थुनामा छन् । यसरी यतिखेर उनको जेलमा दुईजना पूर्वराष्ट्रपति छन् । मोहम्मद नसिद र मौमुन अब्दुल गैयुम ।
यतिगर्दा पनि आफूमाथि महाभियोग लाग्ने त्रास देखेपछि उनले यहाँको सेना र प्रहरीलाई सर्वोच्च अदालतको आदेशको पालना नगर्न निर्देशन दिए । सो निर्देशनबमोजिम प्रहरी सक्रिय भए । देशको सर्वोच्च न्यायालयको नै आदेश नमान्न सरकारले दिएको दबाव र दमन भन्दा बढी राजनीतिक संकट अरु केही हुनसक्दैन होला । त्यस्तै अवस्था अहिले यहाँ देखा परिरहेको छ ।
सन् २०१२ मा त्यहाँका पूर्व राष्ट्रपति नसिदलाई १३ वर्षको जेल सजाय सुनाइएपछि नै मालदिभस्मा विबाद सुरु भएको थियो । उनलाई मालदिभ्स्को एक फौजदारी अदालतले आतङ्कवादीको आरोप लगाउँदै प्रजातान्त्रिक दलका नेता र पूर्वराष्ट्रपति मोहमद नसिदलाई १३ वर्ष कारावासको सजाय सुनाएको थियो । पूर्वराष्ट्रपति नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
मोहमद नसिद सन् २००८ को नोभेम्बरमा मालदिभिएन डेमोक्र्याटिक पार्टीको तर्फबाट निर्वाचन जितेर पहिलो प्रजातान्त्रिक राष्ट्रपति बन्न सफल भएका थिए । सन् १९६५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भई सार्वभौमिकता सम्पन्न मालदिभ्स्मा यसलाई नै पहिलो प्रजातान्त्रिक निर्वाचन मानिएको थियो । मानवअधिकारबादी र स्वच्छ पत्रकारको छवि बनाइसकेका राजनीतिकर्मी नसिद पूर्वराष्ट्रपति मोमुन अब्दुल गैयुमलाई परास्त गरी सत्तामा आएका थिए ।
यसै फैसलासँगै व्यापक राजनीतिक विवाद सुरु भई प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको थियो । मालदिभ्स्का प्रधानन्यायाधीश अब्दुल्लाह सइदलाई उनकै निवासबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखियो । नाटकीयरुपमा भएको परिवर्तनसँगै यहाँको राजनीतिक संकट झनै गहिरहेको अवस्थामा मालदिभ्स् सरकारको दबाबमा उनीपछिका कार्यकारी प्रधानन्यायाधीशले अदालतको पूर्वनिर्णय उल्ट्याइदिए र अहिले सरकारलाई अब जेलमा रहेका राजनीतिक बन्दी रिहा गर्नुपर्ने बाध्यता रहेको छैन ।
उनलाई सन् २०१२ को फेब्रुअरी महिनामा प्रहरी ‘कू’ गरेर हटाइएको थियो । सन् २०१२ मा नै मालदिभ्स्को उच्च न्यायालयका प्रमुख न्यायाधीश अब्दुल्लाह मोहम्मदलाई तत्कालिन राष्ट्रपति पदमा आसीन नसिदले पक्राउ गर्ने आदेश जारी गरेपछि सुरु भएको सरकार र न्यायालयबीचको चरम विवादले देशको शासनसत्ता नै उलटपुलट हुनेसम्मको रूप लिएको थियो ।
साधारणतया आन्दोलन एवम् विरोध प्रदर्शन कमै हुने गरेको शान्त राजधानी मालेको सडकमा मुलुकको राष्ट्रिय प्रहरी बल नै आन्दोलनमा उत्रियो । प्रहरीले नै राष्ट्रपति नसिदविरुद्ध नारावाजी र बन्दुक प्रदर्शन ग¥यो । यसले ठूलो रक्तपात ल्याउने सङ्केत देखिएपछि राष्ट्र«पति नसिदले सन् २०१२ को फेब्रुअरीमा राजीनामा दिनुभएको थियो । त्यस बखत उहाँको राजीनामाले देशमा ठूलो रक्तपात रोकेको उहाँको दल, समर्थक एवम् विश्व समुदायले विश्लेषण गरेका थिए ।
अदालतको आदेश मान्नु त कता हो कता विनाकारण प्रधानन्यायाधीशलाई नै हटाएर नजरबन्दमा राखिएको मालदिभ्स् सरकारको यो कदमको आलोचना हुँदै आएको छ । राष्ट्रपति अब्दुल्लाह यामिनलाई महाअभियोग लगाउन वा उहाँलाई पक्राउ गर्नुपर्ने आदेश दिनसक्ने अनुमान पनि गरिएको थियो । तर यी सवै सर्वोच्च अदालतको कार्य गर्नु अगावै सरकारले संकटकालको घोषणा गरेको थियो । संकटकाल लगाएपछि सरकारले सेना र प्रहरीलाई अदालतको कुनै आदेश नसुन्न र आफ्नो निर्देशनमा कामगर्न सबै सुरक्षा अंगलाई आदेश दिएको छ ।
यता कैयौँ दिनदेखि मालेमा विरोध प्रदर्शन जारी छ । पूर्वराष्ट्रपति मोहम्मद नसिदका कार्यकर्ताले उहाँलाई रिहा गर्नुपर्ने मागगर्दै मालदिभ्स्को राजधानी मालेमा केही दिन पहिलै व्यापक मात्रामा प्रदर्शन गर्र्दै आएका छन् । कैयौँ स्थानमा प्रहरीसँगको भिडन्तका कारण राजधानी मालेको अवस्था तनावपूर्ण बन्दै गएको छ । दर्जनौँ व्यक्ति घाइते पनि भएका थिए । यद्यपी संसद्मा अझै पनि राष्ट्रपति यामिनलाई महाभियोग लगाउन मिल्नेगरी दुई तिहाई बहुमत विपक्षी दलहरुको रहेको छ । ती कार्यकर्ताले राष्ट्रपतिलाई महाभियोग लगाउन माग पनि गरिरहेका छन् ।
उता त्यहाँको राष्ट्रपतिका कामप्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई निरन्तरता दिएका छन् । राष्ट्र«पतिको राजिनामा मागगर्दै जारी प्रदर्शनबाट हुनसक्ने सम्भावित दुर्घटना जोगाउन भन्दै सरकारी पक्ष सहरका मुख्य भू–भाग, संसद् तथा सर्वोच्च अदालतमा ठूलो सङ्ख्यामा प्रहरी तथा सेनालाई तैनाथ गरिएको छ । सरकारले आन्दोलनको समर्थनमा रहेको आधारमा सांसद्लाई पनि सुरक्षा नियन्त्रणमा लिने क्रम जारी राखेको छ ।
नसीदलाई सन् २०१५ को विवादास्पद निर्णयमार्फत दोषी ठहराउँदै कुनै पनि निर्वाचनमा सहभागी हुन पाउने अधिकारबाट समेत बञ्चित गराइएको थियो । उनीमाथि राजनीतिक उद्देश्यबाट अभिप्रेरित भई आतङ्कवादलाई सघाएको आरोप लगाइएको थियो । तर उक्त निर्णयको देशभित्र तथा बाहिरसमेत सर्वत्र आलोचना भएको थियो । यहाँ आगामी सेप्टेम्बरमा राष्ट्रपतिको निर्वाचनको मिति तोक्ने तयारी गरिएको छ । त्यसैले सो निर्वाचनमा सहभागी हुन पाउनेगरी नसिदलगायतका राजनीतिक बन्दीहरुलाई रिहागर्न अदालतले आदेश दियो । तर यदि ती बन्दी निस्किए र निर्वाचनमा सहभागी भए पनि आफ्नो भविश्य नरहेको त्रासले राष्ट्रपतिले अदालतको आदेशको विरोध गर्नुभएको देखिन्छ । तर यो विरोधले मालदिभ्स्मा राजनीतिक स्थिरता होइन कि संकट निम्त्याएको छ ।
करिब तीन सय वर्ग किलोमिटर मात्र क्षेत्रफल रहेको दक्षिण एसियाको सबैभन्दा सानो राष्ट्र मालद्वीपको अर्थतन्त्रको प्रमुख स्रोत पर्यटन हो । हिन्द महासागरमा रहेको यो देश पर्यटन आकर्षणको रूपमा रहेको छ । मधुमास मनाउन जाने विश्वका सम्भ्रान्त जोडीका लागि यहाँका होटल र रिसोर्ट प्रख्यात छन् । मत्स्यपालन यहाँको पर्यटनपछिको दोस्रो ठूलो आयको माध्यम हो । करिब चार लाख जनसङ्ख्या रहेको मालद्वीपका एकलाख नागरिक त राजधानी मालेमा मात्र बस्छन् ।
- विभिन्न समाचार संस्था तथा इन्टरनेटका सामग्री