विदेश

दाइजो नपाएपछि श्रीमतीकै मिर्गौला चोरी

दाइजो नपाएपछि श्रीमतीकै मिर्गौला चोरी

एजेन्सी । पश्चिम बंगालकी रीता सरकार नाम गरेकी एकजना महिलाले आफ्नै श्रीमानले आफ्नो मिर्गौला चोरेको आरोप लगाएकी छिन् ।

 

रीताले श्रीमान् र उनको परिवारले आफ्नो माइतीसँग दाइजो मागेको तर नपाएपछि आफ्नै मृगौला झुक्याएर चोरेको बताइन् । प्रहरीले उनको श्रीमान् र देवरलाई गिरफ्तार गरेको छ ।

 

स्थानीय मिडियाअनुसार करिब दुई वर्षअघि रीताको पेट दुखेपछि एपेन्डिक्स भन्दै उनको श्रीमानले उनको अपरेशन गराएका थिए । तर २०१७ मा रीताले पुनः आफ्नो स्वास्थ्य परीक्षण गराउँदा उनको एउटा मृगौला हराएको उनले थाहा पाएकी थिइन् ।

 

उनले भनिन्, ‘मलाई मेरो श्रीमानले कल्कत्ताको एउटा नर्सिङ होममा लिएर गएका थिए । त्यहाँका स्वाथ्यकर्मीहरुले मलाई सर्जरी गरेर मेरो एपेन्डिक्स निकाल्ने बताएका थिए । तर मलाई मेरो श्रीमानले सर्जरीबारे कसैलाई नसुनाउन भनेका थिए ।’

 

केहि महिनापछि रीताको स्वास्थ्य खराब भयो र उनलाई परिवारहरुले त्यही चिकित्सककोमा लिएर गएका थिए । त्यहाँ परीक्षणपछि उनको एउटा मिर्गौला हराएको थाहा भएको थियो ।

 

रीताले आफु पछिल्लो केहि वर्षदेखि घरेलु हिंसा र दाइजोको उत्पीडन सहँदै आएको पनि बताइन् ।

 

रीताले आफ्नो एउटा मिर्गौला नभएको थाहा भएपछि आफ्नो श्रीमानमाथि आशंका गरेकी थिइन् । उनले श्रीमानले दाइजो नपाएपछि आफ्नो मिर्गौला बेचेको बताइन् ।

प्रहरी इन्सपेक्टर उदयशंकर घोषले रीताको पति कुनै मिर्गौला तस्करी कार्यसँग आवद्ध भएको हुनसक्ने ‘द टेलिग्राफ’ लाई बताए ।

विशेष