विदेश

वायुसेनाका ग्रुप क्याप्टेन सैन्य हिरासतमा, महिलालाई गोप्य जानकारी दिएको आशंका

वायुसेनाका ग्रुप क्याप्टेन सैन्य हिरासतमा, महिलालाई गोप्य जानकारी दिएको आशंका

नयाँ दिल्ली। भारतीय वायुसेनाका एक उच्च अधिकारीलाई सैन्य हिरासतमा लिइएको छ । ग्रुप क्याप्टेन पदमा रहेका ती अधिकारीलाई समवेदनशील दस्तावेज हासिल गर्ने प्रयास गरेको आरोपमा हिरासतमा लिइएको हो ।

अधिकारीहरुका अनुसार एक महिलासँग फेसबुकमार्फत निकट सम्बन्ध बनाएका उनले अनधिकृत रुपमा इलेक्ट्रोनिक उपकरणका माध्यमबाट ‘अवाञ्छित गतिविधि’ गरेका थिए ।

जबकि कार्यालयमा ती उपकरण प्रतिबन्धित थिए । ती महिलालाई उनले केही गोप्य दस्तावेज पठाएको बताइएको छ । ती महिला को हुन् र वायुसेना अधिकारीसँग कुन प्रयोजनका लागि उनले त्यस्ता दस्तावेज मागिन् भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरु बताउँछन् ।

भारतीय वायुसेनाको केन्द्रीय सुरक्षा र जाँचको एउटा टिमले उनलाई नियन्त्रणमा लिएको हो । हिरासतमा लिइएका ती अधिकारीको परिचय भने खुलाइएको छैन । उनीसँग सोधपुछ भइरहेको बताइएको छ । ९

विशेष