विदेश

आङसान सुकीको निवासमा बम प्रहार !

आङसान सुकीको निवासमा बम प्रहार !


एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको छ ।

सुकीको निवास अगाडि पेट्रोल बम हानिएको अन्तर्राष्ट्रिय समाचारसंस्था एफबीआइले जनाएको छ ।

पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने भएको छैन । विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।

आक्रमणकारीहरुको खोजी जारी रहेको छ । सो आक्रमणका दोषीहरुको खोजीकार्य सुरु भएको छ र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ ।

विशेष