यी घरेलु उपाय, जस्ले यौन क्षमता बढाउने काम गर्छ
यौन जिवनमा अपरिहार्य हुन्छ । कहिलेकाँही यौनको रुची कम हुनाले युगल जोडिहरुमा धेरै नै असर पारेको हुन्छ । तपाईको सेक्स पावर बढाउन घरेलु उपायहरु धेरै छन यी जडीबुटी सेवन गरेर कामोत्तेजना बढाउन सकिन्छ ।
कुरिलो
कुरिलो खानाले, खास गरी महिलाको शरीरमा सेक्स हार्मोनको सन्तुलन कायम हुन्छ । उच्च रक्तचापको बिरामीले अथवा गर्भवती महिलाले यो सेवन गर्नु खासै राम्रो हुदैन ।
शिलाजित
शिलाजित सेवनले, खास गरी पुरुषलाई फाइदा गर्छ । शिलाजित खाँदा शरीरमा टेस्टोस्टेरोन नामक सेक्स हार्मोनको मात्रा वृद्धि हुन्छ । साथै, यो महिला तथा पुरुष दुवैको प्रजनन क्षमता बढाउन पनि लाभदायक हुन्छ ।
मेथी
यौन र प्रजनन क्षमता दुवैका लागि मेथी उपयोगी हुन्छ । यसले पुरुषको शरीरमा टेस्टोस्टेरोन हार्मोन बढाउँछ । गर्भवती महिलालाई मेथीले फाइदा पु¥याउँछ ।
तुलसी
तुलसीका केही पत्ता नियमित खाने गर्दा यौन स्वास्थ्यलाई फाइदा पुग्छ । तुलसीमा आरजिनिन नाम गरेको एमिनो एसिड पाइन्छ, जसले शुक्रकीटको शक्ति बढाई बाँझोपनको समस्या कम गर्न मद्दत गर्छ ।