राजनीति भिडियो कभर स्टोरी

केशव स्थापितका एक्सक्लुसिभ योजनाः हाम्रो नमुना सहरमा विश्वभरका मान्छे प्रेम गर्न आउँछन् (भिडियो)

लोकेसन फिक्स, डिस्क्लोज गर्न बाँकी

केशव स्थापितका  एक्सक्लुसिभ योजनाः हाम्रो नमुना सहरमा विश्वभरका मान्छे प्रेम गर्न आउँछन् (भिडियो)

काठमाडौं । सहरी विकासका विज्ञ मानिन्छन् केशव स्थापित । उनको त्यही विज्ञताका कारण प्रदेश नम्बर ३ को सरकारले उनलाई भुमिसुधार तथा सहरी विकास मन्त्रीमा नियुक्ति गरेको छ ।

 

नवनियुक्त मन्त्री स्थापितले नियुक्ति भएपछि पहिलो पटक नेपालआजसँग आफ्नै निवासबाट अन्तरवार्ता दिएका छन् ।

 

यस क्रममा उनले आफ्ना योजना सुनाए । मास्टरप्लान सबै अहिले नै ‘डिस्क्लोज’ गर्न नमिल्ने भन्दै उनले केही आधारभुत योजना सुनाएका हुन् ।

 

३ महिने योजना

अबको ३ महिनाभित्र मन्त्री स्थापितले प्रदेश कानुन बनाउनुपर्ने बताएका छन् । जसले गर्दा कामको लागि आधारशिला तयार हुन्छ । यद्यपि त्यतिन्जेलसम्म केही देखिने र अनुभुति गर्ने काम भइसक्ने उनको विश्वास छ । ३ महिना मात्रै नभएर केही दिनमै

 

ड्रिम प्रोजेक्ट

स्थापितले केही ड्रिम प्रोजेक्ट सुनाएका छन् । जहाँ विश्वकै मानिसहरु आत्मशान्तिका लागि अउाने उनको विश्वास छ । अमेरिका, चीन, जापानका अत्याधुनिक सहर भन्दा पनि सुन्दर र नमुना सहर नेपालको प्रदेश नम्बर ३ मै तयार बनाउने उनले बताए ।

 

उनका अनुसार यो एउटा अकल्पनीय ‘मेगा सिटी’ हुनेछ । जहाँ पर्यटकदेखि विद्यार्थीहरु समेत आफ्नो उद्देश्य पूर्ति गर्ने उनले बताए ।

 

यस्तो सहर आगामी आर्थिक वर्षमा जग हालिसक्ने स्थापितले सुनाए । यसका लागि स्रोत साधन पनि तयार भइसकेको उनको दाबी छ । तर ती सपना सबै अहिले सुनाइयो भने काममा बाधा आउनसक्ने भन्दै केही गोप्य राखेका छन् ।

 

मेगा हाउजिङ

स्थापितको अर्को योजना मेघा हाउजिङ हो । यस योजना अनुसार सस्तोमा आकर्षक घर आम नागरिकलाई बिक्री गरिनेछ । स्थापितका अनुसार ती घर सुन्दर र बलिया पनि हुनेछन् ।

 

त्यस्ता घर सहरका सुकुम्बासी देखि एलिटसमेतका लागि हुने उनको तर्क छ । ‘सुकुम्बासी’ भन्ने नै केही नरहेको दाबी गर्दै उनले ती घर सबैका लागि सम्भव भएको बताए ।

 

‘विदेशमा रहेका नेपाली दाजुभाइको राम्रो घर किन्ने सपना हुन्छ । हामी दिलाउनेछौँ,’ उनले भने, ‘ती घर सुन्दर र सस्ता हुनेछन् । मैले सम्बन्धित प्रोफेसरसँग सोधेअनुसार १ हजार वर्ष टिकाउ हुनेछन् ती घर ।’

 

लभपार्क होइन, लभसिटी

कुनै बेला काठमाडौंमा लभपार्क बनाउने योजना बनाएका स्थापितले मन्त्री बनेपछि भने लभसिटी नै बनाउने बताए ।

 

‘तपाईँको लभपार्क योजना कहिले बन्छ त ?’ भनेर सोध्दा उनले भने, ‘लभपार्क मात्रै हैन अब त लभसिटी नै हुन्छ । विश्वका मानिसहरु यहाँ लभ गर्न आउँछन् अब ।’

 

यसरी स्थापितले मन्त्री नियुक्ति हुनासाथ पहिलोपटक नेपालआजलाई दिएको अन्तरवार्तामा ५ वर्षभरीमा प्रदेश नम्बर ३ लाई सुन्दर र अत्याधुनिक बनाउने बताएका छन् ।

 

यस अवधिमा उनले आफ्ना योजना प्रभावकारी रुपमा लागू गर्ने बताए । आम नागरिकले अनुभुति गर्न मिल्ने गरी हरेक साता नयाँ काम गर्ने भन्दै निर्माण आतंक नै ल्याउने उनले बताएका छन् ।

विशेष