उत्तर काेरियामा अमेरिकी सैनिक जवानकाे कहाली लाग्दाे प्रेमकहानी
नशाले मातेकाे बेला अचानक उत्तर काेरिया छिरेपछि सुरु भयाे उनकाे प्रेमयात्रा
चाल्स जेनकिङ्सले हितोमीलाई तीन पटक चुमे । हितोमीको मुहारमा मन्द मुस्कान छायो । ‘ओयासुमी’ चाल्सले भने । सुत्नुभन्दा पहिला प्रत्येक रात हितोमीलाई चाल्सले यस्तै भन्छन् । यो जापानी भाषाको शब्द शुभ रात्रि जनाउने शब्द हो ।
‘गुड नाइट’ हितोमीले अंग्र्रेजी प्रतिक्रिया दिन्छिन् । उनीहरु सुत्नुभन्दा पहिला हरेक रात यस्तै क्रियाकलाप दोहोर्याउँछन् । हितोमी जापानी थिइन् । चाल्र्स अमेरिकी उत्तर केरोलिनाका । उनीहरुको प्रेमलाई हेर्दा यस्तो लाग्दैन कि उनीहरुको विवाह जवरजस्ती गराइएको थियो । उनीहरुको कथा अजीव छ, तर त्यसमा उनको सुन्दर प्रेम कथा लुकेको छ ।
अमेरिकी सैनिक हुन् चाल्स । उनलाई अमेरिकी सरकारले दक्षिण कोरिया तैनाथ गराएको थियो ।

सन्, १९६५
चाल्स पियक्कड पनि थिए । एक रात नशाको सुरुमा सीमा पार गरे । सन् १९६५ को जनवारी महिनाको चिसो रात नशाकै तालमा उनी उत्तर कोरिया प्रवेश गरिसकेछन् । जुन् उनी आफैँलाई पत्तो भएन ।
जब उनी होसमा आए, डरले उनको मुटुले ठाउँ छोड्यो । भर्खरै २४ वसन्त पार गरेका चाल्स अब के गर्ने भनेरै हैरान भए । धन्य सीमा सुरक्षा बलले नदेखे हुन्थ्यो भन्ने लाग्यो उनलाई । सुरक्षा बलको गोलीको शिकार हुने प्रवल सम्भावना थियो । यदी सुरक्षा बलले गोली नचलाए गिरफ्तार गरेर भियतनाम मर्नका लागि पठाउन पनि सक्थ्यो । उनी दोधारी तवारमा खुट्टा टेकका थिए ।
उनको दिमागमा एउटा जुक्ति फिर्यो । सायद रुसी दूतावसमा शरण लिन पुग्यो भने त ज्यान बचाउन सकिन्छ । शरण लिन पुगेकालाई रुसले बतौर कारागार पठाउँछ भन्ने कही सुनेका थिए ।
उनलाई थाहा थिएन, जुन देशको शरण लिने मनशाय बनायो त्यो देशको कारागार वास्तबमै विशाल, विकृत कारागार हो । जहाँ एक पटक पुगेपछि फर्केर आउने सम्भावना नै थिएन ।
रुसी दूतावास नपुग्दै उनलाई उत्तर कोरियाली सैनिकले पक्राउ गर्यो । त्यसपछि उनका दुःखका दिन सुरु भए, यो शिलशिला चार दशकसम्म चल्यो । चाल्सलाई अन्य तीन अमेरिकी सैनिकसँगै राखियो, उनीहरुको नाम जेम्स जो ड्रेसनोक, लैरी एबशायर र १९ वर्षीय जेरी पेरिस ।
चारै जनालाई उत्तर कोरियाली सैनिक खुब धुलाई गर्थे । टर्चर दिइन्थ्यो र १० घण्टासम्म उत्तर कोरियाली सर्वोच्च नेता किम ईल सुङको भाषण सुन्न बाध्य पारिन्थ्यो । यो सब देखेर उनी रिसले आगो हुन्थे । तर, केही गर्न सक्ने अवस्था थिएन । उनी लाचर थिए ।

अामा र परिवारका साथमा चाल्स
सन्, १९७२
सन् १९७२ मा चाल्ससहित सीमा पार गरेर उत्तर कोरिया आउनेलाई अलग अलग घर दिइयो । नागरिकता दिने व्यवस्था पनि भयो । तर, उनीहरुको माथिको निग्रानी र मारपटि भने जारी नै थियो ।
नागरिकता प्राप्तीपछि चाल्सले एउटा सैनिक विद्यालयमा अंग्रेजी पढाउन थाले । तर, त्यहाँ उनको खुसी धेरै टिकेन । उनको अंग्रेजी लवजका कारण निकाल्नु पर्यो ।
त्यसपछि भने उनले २० प्रोपोगाण्डा फिल्महरुमा खराब अमेरिकीको अभिनय गर्ने अवसर पाए । जसले उनलाई चर्चित बनायो । यसैबीच कोरिया सरकारले उनीहरु चारै जनालाई एउटा अजीवको निर्णय सुनायो । उनीहरुले विदेशी महिला कैदीहरुसँग विवाह गर्नुपर्ने भयो ।
उत्तर कोरियामा रहेका विदेशी महिला कैदीहरुलाई उनीहरुको अगाडि ल्याइयो । चार जनालाई जबर्जस्ती विवाह गर्न बाध्य पारियो । त्यहाँ ल्याइएका सबै महिला उत्तर कोरियाली जासुशहरुले अपहरण गरेर ल्याएका थिए ।

इन्डाेनेसियामा हिताेमीलार्इ भेट्दाकाे क्षण
सन्, १९७८
चाल्सको बिबाह जापानीकी हितोमीसँग गराइयो । हितोमीलाई १९७८ मा अपहरण गरी ल्याइएको थियो । त्यसबेला उनी भर्खरै १९ वर्षकी थिइन् । उनी जापानमा एक कुशल नर्स थिइन् । उनलाई पश्चिम तटिय क्षेत्र सानो आइल्याण्डबाट उत्तर कोरियाका जासुशहरुले पक्राउ गरेका थिए ।
हितोमीलाई उत्तर कोरियाले जापानी भाषा र संस्कृति सिक्नका लागि अपहरण गरेको थियो । उनी अपहरणपछि उत्तर कोरिया जस्तो ठण्डी देशमा १५ वर्ष एक्लै परिन् ।

हिताेमीले चाल्सलार्इ जापान लिएर जाँदै गर्दा
सन्, १९८०
चाल्स र हितोमीको बिबाह सन् १९८० मा सम्पन्न भयो । जबर्जस्ती बिबाह भए पनि चाल्सले हितोमीलाई देख्नासाथ एक नजरमै मनपराइरसकेका थिए ।
सुरुवाती दिनमा चाल्स र हितोमीले अति कठिन समय गुजारे । उनीहरु संस्कार, संस्कृति, भाषा, खानपीन सबै कुरामा फरक थिए । तर, उनीहरुमा एउटै कुराको समानता थियो, दुबैले उत्तर कोरियालाई हृदयदेखि नै घृणा गर्थे ।
बिस्तारै उनीहरु दुबैबीच प्रेमको टुसा फक्रिन थाल्यो । दुई छोरी मिका र वृंदा पनि जन्मिए । २२ वर्षसम्म उनीहरु साथसाथ रहे ।

अमेरिकी सैनिकसँग अात्मसमर्पण गर्दै चाल्स
सन्, २००२
सन् २००२ मा उनीहरुको जीवनमा सबैभन्दा ठूलो परिवर्तन आयो । तत्कालिन सर्वोच्च नेता किम जोङ इलले सन् १९७० देखि ८० को दशकमा १३ जना जापानी नागरिकको अपहरण गरेको स्वीकार गर्यो ।
१३ जनामध्ये आठ जना जापानीको मृत्यु भइसकेको थियो । बाँकी पाँच जनालाई १० दिनका लागि जापान पठाइयो । उनीहरुमध्ये दुई जना बिबाहित जोडी थिए र एक चाल्सकी श्रीमती हितोमी पनि थिइन् । उनी आफ्नो श्रीमानलाई छोडेर एक्लै जापान गइन् ।
जापानले आफ्ना नागरिकलाई खुल्ला दिलले स्वागत गर्यो । त्यसपछि उनीहरु पाँचै जना कहिल्यै उत्तर कोरिया फर्केर आएनन् ।
चाल्स र उनका दुबै छोरी लाचार थिए । अमेरिकी सेना छोड्ने कैदीलाई अधिकतम सजाय जन्मकैद दिइन्छ । यदी चाल्स आफ्नी श्रीमतीलाई भेट्न जापान गए भने उनलाई अमेरिकी सैनिकले गिरफ्तार गर्नेछन् भन्ने उनलाई थाहा थियो ।
जसोतसो दुई वर्ष बित्यो । तर, चाल्स र दुई छोरीलाई हितोमीबीना बस्न धेरै कठिन भयो । उनीहरु हितोमीलाई भेट्ने आसमा इन्डिोनेसिया जाने योजना बनाए । किनकि इन्डिोनेसियासँग अमेरिकाको सैनिक अदलबदलको सम्झौता थिएन ।
उत्तर कोरियाले उनीहरुलाई एउटा छोटो यात्रा गर्ने अनुमति दियो । यता जापानका तत्कालिन प्रधानमन्त्रीको प्रोत्साहनमा उनले आफ्नो परिवारलाई एकसाथमा ल्याउन आफू कोर्ट मार्शल र जेल जाने खतारा उठाउन पनि तयार भए ।

छाेरी र श्रीमतीका साथमा चाल्स
सन्, २००४
सन् २००४ सेक्टेम्बर ११ का दिन चाल्स एक मिनी भ्यानमा टोकियो बाहिरी क्याम्प जानका लागि निस्किए । स्लेटी रंगको कोटप्यान्ट र लौरीको सहारामा निस्किएका चाल्सले अमेरिकी सेनाका अधिकारीलाई एक कडा सेल्यूट गरे ।
‘सार्जन्ट सेनकिंस रिर्पोटिङ सर’ उनले भने । चाल्सले सेना छोड्ने र दुस्मनलाई सहयोग गरेको अपराध स्वीकार गरे । उनले आफ्नो अपराध स्वीकार गरेका कारण उनलाई ३० दिनको सजाय सुनाइयो । उनको राम्रो व्यवहारका कारण उनलाई पाँच दिन पहिल्यै रिहाइ गरियो ।
उनले जेलबाट छुट्दै गर्दा भनेका थिए, ‘मैले जिन्दगीमा धेरै ठूलो गल्ती गरेँ तर आफ्ना छोरीहरुलाई उत्तर कोरियाबाट निकालेर ल्याउन मेरो जिन्दगीको सबैभन्दा ठूलो उपलब्धी हो ।’ यती भन्दा उनका आँखामा आँशू छचल्किएका थिए ।
सन्, २००४ मा हितोमी आफ्ना छोरी र श्रीमतीका साथ सादो आइल्याण्ड गइन् । चाल्सलाई एउटा पर्यटकीय पार्कमा खाना बेच्ने र फोटो खिच्ने काम मिल्यो । हितोमी एक स्थानीय अस्पतालमा काम गर्न लागिन् ।
सन्, २०१७
चाल्सले ६५ वर्षपछि आफ्नो परिवारलाई भेटे । उनले आमालाई भेट्दा ९१ वसन्त पार गर्दै थिइन् उनकी आमा पेटी केस्पर । ६५ वर्षपछि छोरालाई भेट्दा उनको खुसीको सीमा नै थिएन । उनको ७७ वर्षको उमेरमा मृत्यु भयो । २०१७ डिसेम्बरमा उनले यो संसार छोडे ।
तर, चाल्ससँगै बन्दी जीवन बिताइरहेका तीन अमेरिकी सैनिक कहिल्यै फर्किएनन् । चाल्सले आफ्नो जिन्दगी बचाउने श्रेय आफ्नी श्रीमती हितोमीलाई दिन्छन् । हितोमीका कारण जिन्दगीको धेरै समय कैद जीवन बिताएका चाल्स एक आजाद पंक्षी झैँ यो दुनिया छोड्न सके ।
- नेत्र पौडेल एजेन्सीकाे सहयाेगमा