विदेश

नेपालीलार्इ राेजगारी दिने दक्षिण कोरियामै १० लाख बेरोजगार

नेपालीलार्इ राेजगारी दिने दक्षिण कोरियामै १० लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । 

यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाएको बुधबार जनाइएको छ । जनवरीमा बेरोजगारी सङ्ख्या १ लाख २० हजार पुगेको छ । यो संख्या गत वर्ष सोही समयको तुलनामा १२ हजारले बढेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ । 

जनवरी महिनामा रहेको ३.७ प्रतिशत बेरोजगारीको दर गएको वर्षको सुरुदेखि नै परिवर्तन भएको थिएन । तर १५ देखि १७ वर्षको उमेरका व्यक्तिको ८.७ प्रतिशत रहेको बेरोजगारी जनवरीमा ०.१ प्रतिशतमा झरेको छ । 

गत वर्षको मे महिनामा आफ्नो कार्यालय सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले विशेषगरी युवा युवतीको बेरोजगारी दरलाई घटाउने प्रण गरेका थिए । यसै अनुसार युवा बेरोजगार सङ्ख्या अतुलनीय हिसाबबाट घटेको पाइन्छ । 

unemployment

विशेष