News

संसारमा यस्ताे पनि गाउँ, जहाँका सबै युवतीहरु छन् कुमारी

संसारमा यस्ताे पनि गाउँ, जहाँका सबै युवतीहरु छन् कुमारी

यो दुनियाँमा यस्तो गाउँ पनि छ, जहाँ केटीहरुलाई कुनै केटा पाउन मुस्किल छ र बिहे नगरीकनै जोवन बितिरहेको छ । जीवन साथी पाउने आशमा युवतीहरुले दिन गुजार्न र पाको उमेरसम्म पनि कुमारी नै बस्न बाध्य छन् त्यो गाउँका युवतीहरु ।

 

ब्राजिलको एक गाउँको अवस्था यस्तो छ । झण्डै ६ सय महिलाको जनसंख्या रहेको यो गाउँमा ३ सय भन्दा धेरै युवतीहरुको बिहे गर्न बाँकी छ र उनीहरुलाई बिहे गर्नका लागि केटा फेला परेको छैन । बिहे नगरीकनै बस्न बाध्य ती युवतीहरुको उमेर १८ देखि ३० वर्षसम्मको रहेको छ।

 

समाचार अनुसार यो गाउँमा अविवाहित पुरुष भेटाउनु भनेको परालमा सियो खोज्नु जस्ते हो । सोही कारण केही युवतीहरु विवाहित पुरुषसँग बिहे गर्न र सौता बनेर भित्रिन बाध्य छन् ।

 

यो गाउँ विगत एक सय वर्षदेखि बाहिरी संसारबाट अलग्गै रहेको छ । यहाँका युवतीहरु बिहे गर्न त चाहन्छन् तर गाउँभित्र मात्रै । बिहे गरेर गाउँ बाहिर पठाउने चलन यहाँ छैन । गाउँ भन्दा बाहिरको कुनै पनि केटासँग यहाँका युवतीले बिहे गर्न चाहँदैनन् र बिहे गरिहालेमा पनि केटाले आफ्नो गाउँ छाडेर सोही गाउँमा भित्रिनुपर्दछ । यो मातृसत्तात्मक गाउँको रुपमा रहेको छ । गाउँमा विवाहित महिलाहरुले समेत आफ्ना लोग्नेलाई गाउँमा बस्न दिएका छैनन् ।

 

उनीहरुलाई हप्ताका ५ दिन कामका लागि गाउँ बाहिर पठाइन्छ र सप्ताहन्तमा मात्र घर फर्किन पाउँदछन् । १८ वर्ष कटेका छोराहरु पनि गाउँमा बस्न पाउँदैनन् । सन् १८५१ मा यो मातृसत्तात्मक गाउँको स्थापना भएको हो । एजेन्सी

विशेष