News

तरकारीको ७८ प्रतिशतसम्म कीटनाशक यसरी हटाउन सकिन्छ

तरकारीको ७८ प्रतिशतसम्म कीटनाशक यसरी हटाउन सकिन्छ

तरकारी हाम्रो खानाको मुख्य हिस्सा हो । तरकारीबिना मानिसको खाना कुनै हालतमा पूरा हुँदैन । चाहे त्यो काँचो होस् या पाकेको । तरकारीमा हुने कीटनाशक औषधिकै कारण मानिसहरु अक्सर बिरामी पर्ने गर्छन् । त्यस्तो बिमारी पछि गएर गम्भीर रोगको कारण पनि बन्न सक्छ । त्यसैले, कीटनाशक औषधि राम्ररी सफा गर्नु जरुरी छ ।

 

खासगरी, फलफूल र सागसब्जीमा कीटनाशक औषधि प्रयोग गरिएको हुन्छ, जसका कारण मानिसलाई पेटलगायत अंगमा समस्या आउने गर्छ । त्यसैले, बजारबाट तरकारी र फलफूल ल्याएपछि त्यसलाई पकाउनुअघि राम्ररी सफा गर्नुपर्छ ।

 

भारतको तेलंगनाकी एक छात्राले तरकारी र फलफूलबाट विषादिको अवशेष हटाउने विधिबारे एक अध्ययन गरेकी थिइन् । उनका अनुसार धाराबाट बगेको पानीले मात्र तरकारी राम्ररी सफा हुँदैन । र, कीटनाशक यथावत रहन्छ ।

 

‘जर्नल अफ एन्टोनोमी एन्ड जियोलोजी’मा उल्लेख भएअनुसार धाराको पानीले तरकारी सफा गरेमा १७ देखि ३९ प्रतिशत मात्र कीटनाशक हटाउन सकिन्छ ।

 

करिब चार लिटर पानीमा एक सय ६० मिलिमिटर एसिडिक एसिडको साथमा चार ग्राम बेकिङ सोडा र चार वटा कागतीको रस मिलाएर त्यसबाट बनेको घोलको मद्दतले तरकारी सफा गरेमा त्यसमा लागेको कीटनाशक औषधि धेरै हदसम्म हट्छ ।

 

अर्थात्, ५५ देखि ७८ प्रतिशतसम्म तरकारी यस्तो घोलको प्रयोगद्वारा सफा गर्न सकिन्छ । अनुसन्धानकर्ताहरुले पाँच प्रकारका कीटनाशक औषधि हटाउन उक्त घोल प्रयोग गरेका थिए, जसमा डाइमिटाइड प्रमुख हो । डाइमिटाइडको प्रयोग टमाटरमा अधिक हुन्छ । तरकारीबाहेक सलादमा पनि टमाटरको प्रयोग हुन्छ ।

विशेष