प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राजीनामा
काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवास पुगी प्रधानमन्त्री देउवाले राजीनामा दिएका र राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिएका राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।
निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा दिएका हुन् ।