राजनीति भिडियो कभर स्टोरी

सुवोधराज प्याकुरेल भन्छन्ः भारतीय दूतावास नेपालबाटै हटाए हुन्छ (भिडियो)

प्याकुरेलको सप्रमाण खुलासाः प्रधानमन्त्री कार्यालयबाटै सुरु हुन्छ भ्रष्टाचार

सुवोधराज प्याकुरेल भन्छन्ः भारतीय दूतावास नेपालबाटै हटाए हुन्छ (भिडियो)

काठमाडौं । मानवअधिकार अभियन्ता तथा नागरिक समाजका अगुवा सुवोधराज प्याकुरेल खरो वक्ता हुन् । राज्यका गतिविधिलाई औंल्याउँदै आलोचनात्मक बिचार राख्छन् ।

 

मानवअधिकार, सुशासन र सदाचारको पक्षमा प्याकुरेल प्रष्ट छन् । नेपालआजले स्टुडियोमा पछिल्लो साता प्याकुरेलसँग अन्तरवार्ता सम्भव भएको छ ।

 

रमन पौडेलले प्याकुरेलसँग गरेको यो अन्तरवार्ता पछिल्लो राजनीतिक तथा सामाजिक घटनाक्रम, नेपाल–भारत सम्बन्ध र राज्य संयन्त्रहरुको कार्यशैलीमा केन्द्रित छ ।

 

यस बसाइमा प्याकुरेलले आफ्नै शैलीमा कडा अभिव्यक्ति दिएका छन् । भारतीय समाजबाट नेपाल पनि प्रभावित रहेको भन्दै त्यसका असर हामी भोग्न बाध्य भएको उनले बताए ।

 

बलात्कार, हत्याहिंसा जस्ता घटनामा नेपाल भन्दा भारत धेरै अगाडि रहेको भन्दै त्यसको असर नेपालमा समेत परेको उनले औंँल्याएका छन् ।

 

भारतीय कर्मचारीतन्त्रको कमजोरी औंल्याउँदै त्यसले नेपालसम्मै असर पुर्याएको उनको धारणा छ । भारतीय राजदूत, कर्मचारीहरुको शैलीको खुलेर आलोचना गरेका छन् ।

 

यही क्रममा प्याकुरेलले ‘नेपालस्थित भारतीय राजदूतावास नै हटाए पनि हुन्छ’ भनेका छन् । नेपाल–भारत सम्बन्ध परापूर्वकालदेखि रहँदैआएकाले दूतावास नै आवस्यक नरहेको उनको बुझाइ छ ।

 

यस्तै नेपाली कर्मचारीतन्त्रको पनि चर्को आलोचना गरे । ‘रातो कलमले हस्ताक्षर गर्न नपाउँदा आफूमा अधिकार नै नभएको मान्ने कर्मचारीहरु भएको देश हो नेपाल,’ उनले भनेका छन् ।

 

यद्यपि नेपालमा मानव अधिकारको स्थिति संख्यात्मक हिसावले निकै राम्रो प्रगति भएको उनले बताएका छन् । तर गम्भीर विषयमा राज्य संयन्त्रका कर्मचारीहरुको निकै कमजोरी रहेको उनले बताए ।

 

सत्य निरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय मानवअधिकार आयोगमा उच्च तहका कर्मचारीहरु ‘जागिर खाने मानसिकता’ले मात्रै चलिरहेको उनको भनाइ थियो । जसले गर्दा उल्लेखनीय उपलब्धि हुन नसकेको उनी बताउँछन् ।

 

भ्रष्टाचारको प्रबृृत्ति

प्याकुरेलले हाम्रो देशमा भ्रष्टाचारको प्रबृत्ति मौलाएको बताएका छन् । भ्रष्टाचारको प्रबृत्ति माथिल्लो निकायबाट तल्लो निकायसम्म झर्ने उनले बताए ।

 

प्रधानमन्त्री कार्यालयबाटै भ्रष्टाचार सुरु हुने प्याकुरेलको भनाइ छ । केही वर्षअघि प्रधानमन्त्री कार्यालयको सचिवालयबाटै भ्रष्टाचार भएको एक प्रमाण समेत पेश गरेका छन् ।

 

उक्त घटनामा कर्मचारीहरुले कसरी भ्रष्टाचार गरे भन्ने प्रमाण नै पेश गरे । यस्तो प्रबृत्तिले सिंगो मुलुकलाई असर पारेको प्याकुरेलले बताएका छन् ।

 

विशेष