News

दुर्घट्नामा दुईजनाको मृत्यु

दुर्घट्नामा दुईजनाको मृत्यु

दाङ । लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखन्डको वेल्दमारमोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो काठमाडौंबाट तुलसीपुर जान लागेको ना ६ ख २३३१ नम्बरको बसले घोराहीबाट लमही आउँदै गरेको रा ४ प २९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

 

मृत्यु हुनेमा लमही नगरपालिका–६ देउपुर निवासी १९ वर्षीय मीनराज न्यौपाने र घोराही उपमहानगरपालिका २१ वर्षीय मञ्जित गुप्ता रहेका छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष