News

बनेको चार वर्षपछि मात्र पुल प्रयोगमा

बनेको चार वर्षपछि मात्र पुल प्रयोगमा

 

 

सामान्यतया पुल बनेपछि त्यसमा आवतजावत गर्ने काम सुरु हुन्छ । पुल कहिले बन्ला भनेर कुर्नेहरुको लागि त झन् पुल बन्नु निकै खुसीको कुरा हो ।


तर, सर्लाही सलेमपुरबाट हीरापुर जोड्ने सडकखण्डअन्तर्गत शिवनगरस्थित लखनदेही नदीमा बनेको पुल निर्माण भएको चार वर्षपछि मात्र प्रयोगमा आएको छ ।
निर्माण भएको पुल उद्घाटन गर्न नपाउँदै लखनदेही नदीले धार परिवर्तन गरेपछि पुल प्रयोगविहीन भएको थियो ।


खासगरी बर्सातको समयमा पुल नहुँदा सास्ती बेहोरेका सर्लाही जिल्लाका पश्चिमी क्षेत्रवासीसँग सदरमुकाम मलंगवाको सम्बन्धविच्छेद झैं बनेको थियो ।


पुल सञ्चालनमा नआउँदा बर्षायामका तीन महिना करिब एक दर्जन गाउँका स्थानीय केही मिनेटको बाटो पार गर्न पनि घण्टौं घुमेर जाने गरेका थिए ।


तर, अहिले पुल सञ्चालनमा आएपछि भने जिल्लाका मूर्तिया, बरहथवा मानपुर हीरापुर लौकठवासीलाई सबैभन्दा सहज भएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।

विशेष