ग्याल्बो ल्होसारकाे राैनक हेर्न
काठमाडौं । नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँवर्ष) आज विभिन्न कार्यक्रम गरी मनाएका छन् । भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।
आफूहरुको संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुने जानकारी शेर्पा संस्कृतिविद् टीका शेर्पाले दिए । उनका अनुुसार बालक जुनवर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन गरिन्छ। आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयीप्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।
अाज ल्हाेसारकाे अवसरमा काठमाडाैंकाे तीन कुनेमा विशेष कार्यक्रमकाे अायाेजना गरियाे । साे कार्यक्रममा शेर्पालगायतका उत्तरी हिमाली क्षेत्रमा बसाेबास गर्ने समुदायका भेसभूसा लगायका युवायुवतीकाे बाक्लाे उपस्थिति थियाे । हेर्नुहाेस् फाेटाेमा ।