राष्ट्रको विकासमा सबैको भूमिकाः राष्ट्रपति

गुल्मी । राष्ट्रपति विद्यादेवी भण्डारीले समग्र राष्ट्रको विकासमा सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने बताएकी छिन् ।
रिडीस्थित रुरु संस्कृत तथा साधारण माविको शतवार्षिकीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व र दिगो शान्ति कायम भएकाले देश अब विकासतर्फ अग्रसर हुने विश्वास व्यक्त गरिन् ।
उनले गुल्मी, पाल्पा र स्याङ्जाको धार्मिक एवं पौराणिक क्षेत्र कालीगण्डकी नदी र रुरु क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्ने बताइन् ।
Bidya Debi Bhandari