शेयर

तामाकोशी आयोजनाले २ अर्ब ६४ करोडको शेयर जारी गर्ने

तामाकोशी आयोजनाले २ अर्ब ६४ करोडको शेयर जारी गर्ने

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि २ अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ ।

 

दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपाने बताउँछन् ।

 

आयोजनाले २ करोड ६४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेकामा स्थानीयबासीलाई १ अर्ब ५ करोड र अन्य सर्वसाधारणलाई १ अर्ब ५८ करोडको शेयर दिने कम्पनीले जनाएको छ ।

 

पूर्व सहमतिअनुसार आयोजनाका मुख्य संरचना रहेको साविकका गाविस लामाबगर र गौरीशंकरका बासिन्दालाई ‘क’ वर्ग, सडक मार्ग र प्रसारण लाइनले छुने क्षेत्रका बासिन्दा ‘ख’ वर्ग र अन्य जिल्लावासीलाई ‘ग’ वर्गमा वर्गीकरण गरिएको छ ।

 

‘ग’ वर्गमा परेका नागरिकले न्यूनतम ५० कित्ता र ‘क’ वर्गकाले १५० कित्तासम्म शेयर खरिद गर्नसक्ने आयोजनाले जनाएको छ । आयोजनाले यसअघि नै २ अर्ब ५४ करोड बराबरको शेयर कर्मचारीलाई लक्षित गरी जारी गरिसकेको छ ।

 

तामाकोशी आयोजनाले २ अर्ब ६४ करोडको शेयर जारी गर्नेशेयरका लागि जिविसले ३ वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५८४ छ । तामाकोशीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाले पनि शेयर खरिद गर्न पाउने व्यवस्था छ । स्थानीयवासीले न्यूनतम् ३० कित्ता र अधिकतम् ३०० कित्तासम्म लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ ।

Tamakoshi Hydro

विशेष