News

ओलीलाई पहिलो शुभकामना बंगलादेशबाट

ओलीलाई पहिलो शुभकामना बंगलादेशबाट

शुभकामना दिने बंगलादेश पहिलो राष्ट्र, भ्रमणको निम्तो
-भारतीय र चिनियाँ राजदूतले राष्ट्रपतिनिवासमा आयोजित शपथग्रहणमै दिए बधाई, अमेरिकी राजदूतले ट्विटरबाट दिए शुभकामना

-राष्ट्रिय सभाका तीन सांसद
देउवाले नियुक्त गरेका राष्ट्रिय सभाका तीन सदस्य लगभग अमान्य, राष्ट्रपतिले स्वीकृत गरेकी छैनन्, ओली नेतृत्वको नयाँ सरकारले नयाँ नाम पठाउने सम्भावना

एकता टुंगिएपछि मात्र माओवादी सरकारमा

-पार्टी एकता टुंगिएपछि मात्र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्रीमा दाबीपत्र प्रस्तुत गर्नुअघि बिहीबार बिहान सिंहदरबारमा भएको छलफलमा ओलीले एमाले र माओवादी केन्द्रबाट २–२ जनालाई सहभागी गराएर मन्त्रिपरिषद् गठन गर्ने भन्दै नाम दिन आग्रह गरेका थिए । तर, प्रचण्डले पार्टीमा छलफल बाँकी नै रहेकाले एकता टुंगिएपछि मात्र पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीको नाम दिने जवाफ दिएका थिए ।

-माओवादी अध्यक्ष प्रचण्डले बुधबार बिहान एमालेले जनताको बहुदलीय जनवादलाई एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने अडान राखेका कारण सहमतिलाई लिपिबद्ध गर्न नसकेको सचिवालय सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका थिए । उनले यो विषय एकताको महाधिवेशनसम्म थाती राख्न तयार हुनेबित्तिकै सहमति हुने र त्यसपछि पार्टी सरकारमा सामेल हुने बताएका थिए ।, यो अबर आजको नयाँ पत्रिकामा छ ।

विशेष