News

मोदीको विशेष दूतका रुप स्वराज आज नेपाल आउँदै

मोदीको विशेष दूतका रुप स्वराज आज नेपाल आउँदै


काठमाडौं । न कुनै पूर्वजानकारी । न कुनै पूर्वतयारी । न खास एजेन्डा नै १ कूटनीतिज्ञहरू यस्तो प्रकृतिको घुमफिरलाई ‘गुडविल भिजिट’ को संज्ञा दिने गर्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लन लागेकी विदेशमन्त्री सुष्मा स्वराजसामु यही छेकमा नेपाल–भारत सम्बन्धलाई ठीकठाक पुनर्जागृत गर्ने अवसर उपलब्ध छ ।

भारतीय विदेशमन्त्री स्वराजको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली हुनेछ । टोलीमा समावेश हुने कूटनीतिज्ञ र सरकारी प्रतिनिधिको सूची हेर्दा भारतले यो भ्रमणलाई निकै महत्व दिएको बुझ्न सकिन्छ । सरकारी स्रोतका अनुसार स्वराजको टिमले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, आसन्न सत्ता नेतृत्वकर्ता एमाले अध्यक्ष केपी ओली अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेट्नेछ ।

परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीसँग स्वराजको भेट हुने कुरा पुष्टि गरे पनि अन्य केही खुलाएको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

विशेष