News

प्रहरीको छानबिनमा प्रधानन्यायाधीश पराजुली, ज्यान मार्ने धम्की दिएको आरोप

प्रहरीको छानबिनमा प्रधानन्यायाधीश पराजुली, ज्यान मार्ने धम्की दिएको आरोप

काठमाडौं । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध प्रहरीले छानबिन सुरु गरेको छ ।

प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएका हुन् । निवेदन दर्ता भए लगत्तै जिप्रकाले यसबारे छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई भनेको छ ।


अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गर्दै कल डिटेल मगाउन माग पनि गरेका छन् र घटनाको बिषयमा जानकारी लिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले तोक लगाएर पठाएपछि परिसरले सम्वन्धित निकायसँग कल डिटेल मगाउने लगायतका प्रक्रिया अघि बढाएको छ ।

विशेष