विदेश

मेक्सिकोमा शताब्दीयताकै शक्तिशाली भूकम्प

मेक्सिकोमा शताब्दीयताकै शक्तिशाली भूकम्प

दक्षिणी मेक्सिकोको वहाका राज्यमा शक्तिशाली भूकम्प गएको छ। ७.२ म्याग्निच्युडको भूकम्पले त्यहाँदेखि झण्डै ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको छ।

हालसम्म कतिजना मरे भन्नेबारे विवरण अाइनसकेकाे अधिकारीहरूले बताएका छन् । तर, विद्यालयहरूमा उद्धारका कामहरू अघि बढाइएका छन् ।

 

भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीमा अत्तालिएका हजारौं मानिसहरू सडकमा निस्किएका छन् ।

 

उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको अनि कतिपय अन्योलग्रस्त अवस्थामा रहेको बीबीसी संवाददाताहरूले बताएका छन्।

 

केही समय सवारीसाधनसमेत सडकमै रोकिएका थिए। भूकम्प एक शताब्दीयताकै शक्तिशाली भूकम्प भएकाे बताइएकाे छ ।

एजेन्सी

 

विशेष