सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने सरकारकाे याेजना
काठमाडौं । वाम गठबन्धनकाे सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि बढाउने याेजना गरेकाे छ ।
एमाले र माओवादी सम्मिलित कार्यदलले सरकारले तत्कालीन र दीर्घकालीन गर्नुपर्ने कामका सन्दर्भमा मेडिकल कलेज सरकारले चलाउनुपर्ने सुझाव तयार पारेको हाे ।
वाम गठबन्पाधन पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । साे कार्यदलले वाम गठबन्धनको घोषणापत्रमा आधारित रही सरकारले गर्नुपर्ने कामका प्राथमिकता तय गरेको छ ।
कार्यदलले सोमबारसम्ममा मस्यौदा तयार पारी संयोजन समितिमा बुझाउनेछ । कार्यदलमा एमालेबाट भीम रावल, डा. विजय पौडेल र डा. युवराज खतिवडा र माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र मीनवहादुर श्रेष्ठ सदस्य छन् ।
सम्बन्धनको पर्खाइमा प्राइभेट मेडिकल कलेजबारे केही कुरा नभएकाे कार्यदलले बताएकाे छ ।
एमाले नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेज, झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन केपी ओली र प्रचण्ड पहिलेदेखि नै सकारात्मक छन् ।