राजनीति भिडियो कभर स्टोरी

जनता जान्न चाहन्छन्ः मदन भण्डारी त्रिशुलीमा, खड्ग ओली शिंहदरबारमा कसरी ? (भिडियो)

'७० लाख इण्डियनलाई नागरिकता बाँड्न पो वीरेन्द्र राजालाई मारिएको रहेछ !'

जनता जान्न चाहन्छन्ः मदन भण्डारी त्रिशुलीमा, खड्ग ओली शिंहदरबारमा कसरी ? (भिडियो)

काठमाडौं । राज्य सञ्चालनको तहमा भएका अधिकांश निर्णयबारे जनता बेखबर छन् । राजनीतिक दलका मुख्य नेताहरुबीच हुने छलफल र बहस पनि धेरैलाई जानकारी नै छैन ।

 

वाम एकता अभ्यासमा केही नेताहरुबीच हुँदैआएका वार्ता अधिकांश दोस्रो तहका नेताहरुलाई नै जानकारी छैन ।

 

कोठे बैठकबाटै अचानक कोही मन्त्री बन्छ । कोठे बैठकबाटै समानुपातिक सूची तयार हुन्छ । र सांसदहरुको सूची तयार हुन्छ कोठे बैठकबाटै ।

 

लोकतन्त्रको अभ्यास यही हो त ? केही दल र तिनका प्रमुख नेताको हातमै बाँधिनुपर्ने सिंगो राज्य ?

 

आधुनिक समाजको विकाससँगै विभिन्न समुदाय वा जनताको समुहलाई ‘हूल’भन्दै नकारात्मक विम्व बनाइन्थ्यो ।

 

त्यो मानसिकता फेरिएर अहिले जनताको समुह ‘शक्ति’ को रुपमा स्थापित छ । त्यही जनशक्तिले त हरेक आन्दोलन गरे । र समाज व्यवस्था बदलियो । फलस्वरुप अहिले स्वतन्त्रता छ ।

 

यद्यपि जनताको सुचनाको हक व्यवहारिक रुपमा अनुभुति गर्न सकिएको छैन । अहिले पनि जनताहरु नेताको भाषण सुनेरै ताली पिट्न किन बाध्य छन् ?

 

नेताहरु जनतासँग किन टाढा हुन चाहन्छन् ? जनतासँग उनीहरु किन संवाद चाहँदैनन् ? जनतालाई सुचना किन लुकाइराख्छन् ?

 

यस्तो आक्रोशको आगो जनताको मनस्थितिबाट हटेकै छैन । चुनाव, संघीयता, समाजवाद, समृद्धि र विकास जस्ता मुद्धा भूलभुलैया मात्रै त हैनन् ?

 

यी जिज्ञासाको जवाफ जनता जान्न चाहन्छन् । जनताको पीडा र आक्रोश पोख्ने ‘प्लेटफर्म’ को रुपमा नेपालआजले एक स्तम्भ सुरु गरेको छ, ‘जनता जान्न चाहन्छन्’ ।

 

तपाईँ पनि यो ‘फोरम’ मा सहभागि हुन चाहनुहुन्छ भने नेपालआजको टेलिफोनः ९७७-१-४४८२९५१, ९७७-१-४४८२४७६, ९७७-१-४४८२४७७ मा सम्पर्क गर्नुहोला । सृजनात्मक टिप्पणी र आलोचनालाई बढी प्राथमिकता दिइनेछ ।

 

विशेष