विदेश

जन्डिसका कारण ८१ को मृत्यु २ सय १३ विरामी

जन्डिसका कारण ८१ को मृत्यु २ सय १३ विरामी


ब्राजिल । ब्राजिलको स्वास्थ्य मन्त्रालयले कमलपित्त (जन्डिस)का कारण मृत्यु हुनेको संख्या ८१ पुगेको जनाएको छ।

ल्याटीन अमेरिकी सो मुलुकमा सन् २०१७ को जुलाईदेखि अहिलेसम्म कुल २ सय १३ जना कमलपित्तका कारण प्रभावित भएका जनाइएको छ। उपचारका लागि अस्पताल आएका कुल १ हजार ८० मध्ये ४ सय ३२ जनालाई डिस्चार्ज गरिएको र शंका लागेका ४ सय ३५ जनालाई निगरानीमा राखिएको छ।

बाँदरका कारण कमलपित्त सरेको भन्दै स्थानीयले बाँदर मार्ने प्रवृत्ति बढे पछि स्वास्थ्य मन्त्रालयले को कार्य गर्न रोक लगाएको छ। जन्डिस रोगलाई फैलन नदिन खोपको व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले सहरी क्षेत्रमा जन्डिसबाट प्रभावित भएको कुनै विवरण नआएको जनाएको छ।

ब्राजिलले सन् १९४२ मा सहरी क्षेत्रलाई जन्डिस मुक्त क्षेत्र घोषणा गरेको थियो।

विशेष