News समाज ताजा खबर

धुलाे उडेकाे भन्दै चक्काजाम

धुलाे उडेकाे भन्दै चक्काजाम

दाङः धुलाे र धुवाँ अत्यधिक उड्न थालेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले एक घण्टा चक्का जाम गरेका छन् ।

 

तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि शुरु हुन सकेको छैन ।

 

सडकखण्डको स्तरोन्नतिको नाममा लामो सयमदेखि भत्काइएको सडक कालोपत्र नगर्दा त्यस क्षेत्र धुलाम्मे हुँदा सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

 

स्थानीयवासीले अविलम्ब सडक कालोपत्र गर्नुपर्ने माग गर्दै आइतबार बिहान १०ः३० देखि ११ः३० बजेसम्म चक्काजाम गरेका हुन् ।

सडक निर्माण हुन थालेको लामो समयपुग्दा समेत सडक कालोपत्रे नहँुदा त्यस क्षेत्रको जनजीवन धुलोका कारण निकै कष्टकर बन्दै गइरहेको तथा व्यापार–व्यवसाय चौपट भएको स्थानीयवासीले बताएका छन् ।

 

“बालबालिकालाई विद्यालयसम्म पुग्न कठिन छ, घरको भान्सामा समेत धुलो आउने गर्छ, पाँच मिनेटमै शरीरमा धुलोले ढाकेर मानिस नचिनिने हुन्छ”, स्थानीय वसन्त खड्गीले भन्नुभयो ।

 

साथै आन्दोलनको पहिलो दिन भएकाले सांकेतिक विरोधस्वरुप एक घण्टा बन्द गरिएको र सम्बन्धित निकायबाट भरपर्दो निकास नआए सडक अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी स्थानीयवासीले दिएको दिलीप केसीले बताउनुभयो । रासस

विशेष