आईसीसी वल्र्ड कप क्वालिफायरः नेपाली क्रिकेट टोलीमा कोको परे
जिम्बावेमा मार्च ४ देखि २४ सम्म हुने आईसीसी वल्र्ड कप क्रिकेट क्वालिफायर क्रिकेट टोलीको घोषणा गरिएको छ ।
आईसीसी प्रतिनिधि अमिनुल इस्लाम, नेपाली टोलीका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले उक्त टोलीको घोषणा गरेका हुन् ।
टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकार, सोमपाल कामी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दिलीपनाथ, ललित भण्डारी, अनिल कुमार शाह, रोहित पौडेल र ललित नारायण राजवंशी छन् ।
त्यस्तै सुनील धमाला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारीलाई अतिरिक्तमा समेटिएको छ ।