विदेश

‘विश्वका लागि सबैभन्दा खतरा मुलुक इरान’

‘विश्वका लागि सबैभन्दा खतरा मुलुक इरान’

विश्वभरिका देशका लागि सबैभन्दा खतरा मुलुक इरान भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् ।

 


नेतन्याहुको भनाइलाई उद्धृत गर्दै जेरुसेल पोस्टले लेखेको छ कि– हामी कहिले पनि ऐतिहासिक पुनर्लेखन गर्न दिँदैनौं, विश्वका लागि इरान खतरा छ, तर मेरो यो आधिकारिक धारणा हो । आणविक हतियारले सजिएपछि इरानको आक्रामकतालाई नियन्त्रण गर्न सकिँदैन । र, यसले विश्वमा खतरा निम्त्याउने छ ।’

 


नेतन्याहुको भनाइलाई उद्धृत गर्दै जेरुसेलम पोस्ट्ले यस्तो लेखेको हो ।

 


इरानसँग भएको आणविक सम्झौताले मध्यपूर्वको ठूलो क्षेत्रलाई विनासको बाटोमा हिँडाइरहेको पनि नेतन्याहुले आरोप लगाएका छन् ।

 

पहिलोपटक म्युनिख सम्मेलनलाई सम्बोधन गर्दै नतन्याहुले आवश्यक परे इजरायल इरानका मध्यपूर्वका सहयोगीलाई मात्र होइन इरानविरुद्ध नै खरो उत्रने बताएका छन् ।

 

विशेष