News राजनीति

एमाले–माओवादी र विप्लवको पार्टी ‘एउटै’

एमाले–माओवादी र विप्लवको पार्टी ‘एउटै’

फागुन । काठमाडौं विप्लव नेतृत्वको पार्टीले आफ्नो पार्टीको नाम चोरेर एमाले–माओवादीले राजनीतिक संस्कार नदेखाएको आरोप लगाएको छ ।

एमाले र माओवादीको एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ राख्ने निर्णय गरेका छन्, जुन नाम विप्लव नेतृत्वको पार्टीसँग मिल्न गएको छ ।

 

विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठन इन्चार्ज मोहन कार्कीले एमाले माओवादीले फाँसीवादी चरित्र देखाउँदै बलमिच्याइँ गरेको आरोप लगाए ।

उनले यो फाँसीवादी चरित्र भएको र यसमा संघर्ष जारी गरिराख्ने बताएका छन् । साथै उनले वैचारिक र सांस्कृतिक रूपले प्रतिकार गर्ने पनि जनाएका छन् ।
आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले आफूहरूलाई ‘हेपेर’ एमाले–माओवादीले बलमिच्याई गरेको उनको भनाइ छ ।


एमाले सचिव प्रदीप ज्ञवालीले नामको विषय सामान्य प्रतिक्रिया दिँदै नाम राख्नुमा कुनै ठूलो विवाद गर्न नहुने बताएका छन् ।


यसबारे एमाले–माओवादीका शीर्ष व्यक्तित्व तथा नेताहरूको आधिकारिक धारणा भने आइसकेको छैन ।

विशेष