News राजनीति

राष्ट्रियसभा सदस्यमा सरकारले गरेको सिफारिसप्रति कांग्रेसकाे अापत्ति

राष्ट्रियसभा सदस्यमा सरकारले गरेको सिफारिसप्रति कांग्रेसकाे अापत्ति

काठमाडौं । ओली नेतृत्वको वर्तमान सरकाले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्ध गर्दै राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ ।


मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले एमालेबाट युवराज खतिवडा, विमला पौडेल र माअाेवादी केन्द्रबाट रामनारायण बिडारीलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् ।


देउवा सरकारले कांग्रेसबाट कृष्णप्रसाद पौडेल,गोपाल बस्नेत राप्रपा प्रजातान्त्रिकबाट चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै अट्काएर राखेकाे थियो ।

 

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वाचित भइसकेका छन् भने ३ जना नियुक्त सरकारले मनाेनित गर्न बाँकी थियो ।

राष्ट्रियसभामा सदस्य सिफारिस प्रति कांग्रेसकाे अापत्ति

राष्ट्रियसभाका तीन सदस्यमा आफ्नो सरकारले पठाएको नाम रद्द गरेकाे प्रति नेपाली कांग्रेसले अापत्ति जनाएकाे छ । उक्त कार्य संविधान र राष्ट्रिय सहमतिको भावना विपरित रहेकाे भन्दै यस्तै काम गरे अाेलीका ५ वर्ष सुखद नरहने बताएकाे छ ।

 

विशेष