विदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बन्दुक राख्ने नियमको समर्थन

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बन्दुक राख्ने नियमको समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन सिनेटलसँग दुई दलीय विधयेकमा कुरा गरेका छन् । यस विधयेकमा कसैलाई बन्दुक राख्ने अधिकार दिनुभन्दा पहिला उसको पृष्ठभूमि जाँच्ने प्रक्रिया सुधार्ने प्रस्ताव राखिएको छ ।

 

कसैलाई बन्दुक राख्ने अधिकार दिनुभन्दा पहिला उसको बारेमा ठीक तरिकाले जाँच गर्नुपर्ने बताइएको निर्णयमा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले समर्थन गरेको छ ।

 

यस्तो प्रक्रियाको अभ्यास भर्खरै फ्लोरिडाको एउटा स्कुलमा भएको बन्दुक फायरपछि भएको हो । गत बुधबार उक्त स्कुलमा भएको गोलीकाण्डमा १७ जनाको ज्यान गएको थियो ।

 

सन्दिग्ध आक्रमणकारीले कानुनी रुपमै बन्दुक किन्ने गरेको पाइएपछि यसखाले निर्णय गरिएको पनि बताइएको छ ।

Donald Trump

विशेष