अरुणकुमारको सनसनीपूर्ण तर्कः मधेसमा अमेरिका, चीन र भारत यसरी तानिँदैछन् (भिडियो)
'अमेरिकाको ‘मास्टरप्लान’मा यसरी फस्दैगयो भारत'
काठमाडौं । माल्दिभ्समा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर विश्वशक्ति मुलुकहरुबीच कुटनीतिक तनाव बढेको छ ।
खासगरी चीन, भारत र अमेरिका यसमा आकर्षित भएका छन् । उनीहरुको त्रिपक्षीय द्धन्द्ध मन्द गतिमा लम्बिँदैछ । दक्षिण एसियाको शक्तिशाली बन्ने दाउमा रहेको भारत अर्को शक्तिराष्ट्र चीनलाई शंसयका दृष्टिले हेर्दैआएको छ । चीन भने अमेरिकालाई शंसयका साथ हेर्दैछ ।
यस्तो जेलिएको विश्व राजनीतिलाई प्रष्टसँग केलाएका छन् राजनीति तथा परराष्ट्र मामिला जानकार अरुणकुमार सुवेदीले । नेपालआजले प्रस्तुत गर्दैआएको सुवेदीको नियमित भिडियो ब्लग ‘कुरा खस्रा मिठा’ मा उनले जटिल विश्व राजनीतिको जालोलाई सरल तरिकाले ब्याख्या गरेका छन् ।
नेपाल ‘कनेक्सन’
गम्भिर चासोको कुरा के भने, माल्दिभ्सको पछिल्लो अवस्थालाई सुवेदीले नेपाली राजनीतिसँग तुलना गरेर ब्याख्या गरेका छन् ।
माल्दिभ्सकै घटना नेपालमा दोहोरिनसक्ने उनको बुझाइ छ । अर्थात्, विश्व शक्तिराष्ट्रको दूराशयबाट नेपाल कुनै पनि बेला द्धन्द्धमा फस्नसक्ने शंकेत उनले गरेका छन् ।
खासगरी मधेसको क्षेत्रमा अतिवादी नेताको जन्म गराउँदै द्धन्द्ध भड्काइनसक्ने शंकेत सुवेदीले गरेका छन् । ‘संघीयता ल्याइएको २ नम्बर प्रदेशका लागि मात्रै हो,’ सुवेदी भन्छन्, ‘त्यहाँ अर्को केपी ओली जस्तै जन्माइन्छ र दुई राष्ट्रवादबीच द्धन्द्ध बढ्ने खतरा देखिन्छ ।’
सुवेदीका अनुसार नेपाललाई पश्चिमाहरुले आफू अनुकुल प्रयोग गर्दा द्धन्द्ध भड्किन सक्छ । हालै राजपाका नेता महन्थ ठाकुरले दिएको अभिव्यक्तिका आधारमा पनि नेपालमा दुई अतिवादी शक्तिबीच द्धन्द्ध जुनसुकै बेला भड्किनसक्ने उनको तर्क थियो ।
ओलीलाई राष्ट्रवादीको रुपमा जसरी ‘पोट्रेट’ गरियो त्यसैगरी मधेसका नेतालाई ‘काउन्टर’को रुपमा जन्माएर द्धन्द्ध निम्त्याउने चालवाजी पश्चिमाहरुले नै गरिरहेको सुवेदीको बुझाइ छ ।
अरुणकुमार सुवेदी कुरा: खस्रा मिठा