महान्यायाधीवक्तामा अग्नी खरेल
काठमाडौं । सरकारले महान्यायाधीवक्तामा अग्नी खरेलको नाम सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको महान्यायाधीवक्ताको पदमा खरेललार्इ नियुक्त गर्ने निर्णय गरेको हो ।
संविधानको धारा १ सय ५७ को उपधारा २ मा सरकारको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने प्रावधानअनुसार उनकाे नाम सिफारिस भएकाे हाे । सरकारको मुख्य कानूनी सल्लाहकार रहने महान्यायाधिवक्ता राज्यमन्त्री सरहको पद हो ।
वरिष्ठ अधिवक्ता खरेलले एमालेको कानुन विभागमा रहेर लामो समयदेखि काम गर्दै आएका थिए । उनी यसअघि कानून मन्त्रीसमेत रहेका थिए ।