News

काठमाडौंबाट लुक्ला उडेको सीता एयरकाे विमानकाे इन्जिन ‘फेल’

काठमाडौंबाट लुक्ला उडेको सीता एयरकाे विमानकाे इन्जिन ‘फेल’

काठमाडौँ — लुक्लाका लागि उडेको सीता एयरको डोर्नियर विमान अाकस्मिक अवतरण गरिएकाे छ । विमानकाे एउटा इन्जिन ‘फेल’ हुँदा मंगलबार काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा आकस्मिक अवतरण गरिएकाे हाे ।

 

साे विमान १२ जना यात्रु राखेर बिहान पौने ११ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको थियाे । विमानमा उडेको २० मिनेटमा दाँया इन्जिनमा समस्या देखिएपछि अाकस्मिक अवतरण गर्नु परेकाे सीता एअरलाइन्सका वरिष्ट महाप्रवन्धक घनश्याम अाचार्यले बताए ।

 

उनका अनुसार क्याप्टेन रोविन गौचनले कमाण्ड गरेको विमान फाप्लु नजिकको आकाशमा पुग्दा दायाँ इन्जिनमा समस्या देखा परेको थियो ।

विशेष