सडकमा राखिएको सकेटबम निष्क्रिय

मलेखु, धादिङ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सडकमा राखेको सकेट बम नेपाली सेनाको टोलीले मंगलबार निष्क्रिय पारेको छ ।
मध्य धादिङको सिद्धलेक गाउँपालिका–१ कालीरहमा पर्ने कालुपाण्डे मार्गमा राखिएको सकेट बम नेपाली सेनाको देवीदत्त गणको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए ।