काठमाडौंमा फेरि भूकम्प आए आधा संरचना ध्वस्त हुने
काठमाडौं उपत्यकामा फेरि २०७२ जस्तै भूकम्प गए झन्डै आधा दर्जन भवन र ती लगायत संरचना पूर्ण रुपमा ध्वस्त हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको प्रक्षेपणले काठमाडौं उपत्यका जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो ।
कार्यक्रम जाइका र काठमाडौं उपत्यका भूकम्प जोखिम मूल्यांकन परियोजनाको सहकार्यमा गरिएको थियो ।
नतिजा सार्वजनिक गर्दै मन्त्रालयले अब आउन सक्ने भूकम्पबाट उपत्यकाका करिब ४४ प्रतिशतभन्दा बढी साधारण भवन, ४० प्रतिशत भन्दा बढी विद्यालय ४३ प्रतिशत स्वास्थ्य संस्था र ४० सरकारी भवनमा क्षति हुने प्रक्षेपण गरेको थियो ।
त्यस्तै खालका भूकम्प आइहाले काठमाडौं उपत्यकाका जनसंख्यामध्ये २२ हजार एक सय ८० जनाको मृत्यु हुने पनि बताइएको थियो । त्यस्तै ३ प्रतिशत घाइते हुने र ११ लाख भन्दा बढी मानिस विस्थापित हुने नतिजामा उल्लेख गरिएको छ ।
गत ७२ साल वैशाख १२ मा गएको भूकम्पकका कारण कतिपय संरचना कमजोर भएका र तिनीहरू नै उच्च जोखिममा पर्ने बताइएको हो ।