News अपराध सुरक्षा मुख्य समाचार

गुण्डा नाइके पुन र सोममाथि २३ गोली बर्साइयो

गुण्डा नाइके पुन र सोममाथि २३ गोली बर्साइयो

बुधबार बिहानकाे सवा तीन बजेकाे थियाे,एक्कासी बन्दुकका आवाजले बिजयपुरका स्थानिय एकाएक निन्द्राबाट व्युझिए । काे कहाँ हाे ?,काे हाे कहाँ हाे मै स्थानिय बाहिर निस्किए । लगातारकाे गोली बर्षा थियाे तर न रुवावासीको अवाज, न त कुनै चिच्याह्ट।

घरबाहिर निस्कँदा प्रहरी नै प्रहरी देखिन्थे । घटनास्थल तर्फ जान नदिनेगरि प्रहरी सुरक्षा कडार्इ थियाे । घटना स्थल भवानीपुर खोलाको सानोपुलको पूर्वी मुखतिर हाे भन्ने सबैले अड्कल काटे तर जाने हिम्मत कसैले गरेनन्, एक स्थानियले भने ।

 

बिहान घाम उदाएपछि आफ्नै गाउँका पुन मारिए भन्ने गाउँलेले थाहा पाए । बिहान सवा तीन बजे पड्किएका गोलीहरु मनोज पुन र सोम आलेको शरीरमा देखिएपछि मात्रै पत्तो लाग्यो। मनोजलाई १२ ओटा गोली लागेका थिए। शरीरको अघिल्लो भागमा मात्रै ८ वटा गोली थिए। तिघ्रामा २, पाखुरामा १ र ढाडमा १ गोली लागेको छ।

 

सोम आलेको शरीरमा १० गोली छन्। प्रहरीका अनुसार छातिमा ५, दाढ, पेट, खुट्टा र बाया कोखामा उनलाई गोली हानिएको छ। घटनास्थलमा मनोज पुनका तर्फबाट एउटा गोली चलेको र प्रहरीको मोटरसाइकलमा लागेको प्रहरी स्राेतलेले बतायाे ।

मनोज पुनबाट एउटा ल्याप्टप र एउटा पेस्तोल बरामद भएको छ। मनोजले सूर्य राना नामको नवलपरासीबाट निकालिएको पासपोर्ट र फरक नामकै एटिएम कार्ड पनि प्रहरीले बरामद गरेको छ।

विशेष