शेयर बजारमा लगातार गिरावट

बुधबारकाे शेयर बजारमा पनि गिरावट अाएकाे छ ।
नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक (नेप्से) ९ दशमलव ६४ अङ्कले घटेर १ हजार ३ सय ८७ अंकमा झरेको छ । हिजो मंगलबार पनि परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको थियो ।
आज ‘क’ वर्गको कम्पनीको कारोबार २ दशमलव १२ अंकले तल झरेको छ । ब्याङ्किङ समुहमा ८ दशमलव ८६ अङ्क गिरावट आएको छ । आज रु. २८ करोड ४० लाख मूल्य बराबरको शेयर कारोबार भएको छ ।
share market