News

रहेनन् साहित्यकार मनु ब्राजाकी

रहेनन् साहित्यकार मनु ब्राजाकी


काठमाडौं । साहित्यकार मनु ब्राजाकीको निधन भएको छ ।

उनको आज शुक्रबार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए ।

मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त मानिन्थे ।

विशेष