पोखराबाट बम बिस्फोट गराउने ३ कार्यकर्ता पक्राउ भए विप्लवका
पोखरा । मंगलबार पोखरामा बिस्फोट गराउनमा संलग्नको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका २५ बस्ने खड्कबहादुर राईलाई प्रहरीले मंगलबार साँझ नै पक्राउ गरेको थियो ।
नेकपाका वडा नं ३१ जनसरकार प्रमुख जगन भन्ने नन्दप्रसाद तिवारी र वडा नं १८ बस्ने अखिल नेपाल क्रान्तिकारी किसान संघका जिल्ला अध्यक्ष पुष्प कार्कीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
नेकपाले बन्द आहृवान गरेको दिन मंगलबार चाउथे, नागढुंगा, छोरेपाटन र मुख्य मन्त्रीको कार्यालय पार्दी लगायतको ठाउँमा बम राख्नमा उनीहरुको संलग्नता रहेको प्रहरीको भनाइ छ ।