News राजनीति मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ ।

 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

बैठकमा नयाँ सरकारले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई संशोधन गरी नयाँ नाम सिफारिस गरेको सम्बन्धमासमेत छलफल हुने बताइएको छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले मंगलबार सिफारिस गरेको निर्णयानुसार नै राष्ट्रियसभा सदस्यमा तीनजनालाई मनोनयन गरेकी थिइन् ।

विशेष