News अर्थ

सुनको भाउ ओरालो, चाँदीको स्थीर

सुनको भाउ ओरालो, चाँदीको स्थीर

काठमाडाैं ।बुधबार पनि सुनको भाउ ओरालो लाग्यो ।  अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार पनि तोलामा २०० ले नै कमी आएर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ भने तोलाको ७४० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३० डलर हाराहारीमा कारोबार भएको थियो ।

विशेष